काठमाडौँ – संविधानअनुरुप बहुमत सांसद्को हस्ताक्षर बुझाउँदा पनि शेरबहादुर देउवालाई प्रधानमन्त्री नबनाएको भन्दै विपक्षी गठबन्धन सर्वोच्च जाने भएको छ । संविधानको ७६(५) बमोजिम देउवाले प्रधानमन्त्री दाबी गर्दा पनि राष्ट्रपति विद्यादेवी भण्डारीले गैरकानूनी रुपमा केपी शर्मा ओलीअनुरुप चलेको आरोप विपक्षी गठबन्धनको छ ।


ADVERTISEMENT


संसद्बाट प्रधानमन्त्री चुन्न सक्ने अवस्था भएपनि ओलीले संसद् विघटन गरी मध्यावधि चुनाव गर्ने निर्णय गरेको र यसलाई राष्ट्रपति भण्डारीले सदर गरेको आरोप उनीहरुको छ ।


ADVERTISEMENT

# # #


संसद् विघटन गरी मध्यावधि निर्वाचन गर्ने सरकारको निर्णय बदर गर्ने मागसहित रिट निवेदन दिएर एमाले नेता माधवकुमार नेतासहित माओवादी केन्द्र, जसपा र राजपाले संयुक्त गठबन्धन बनाइ सरकारविरुद्ध संघर्ष गर्ने निर्णय गरेका छन् ।

देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरेका १४९ सांसद्को भौतिक उपस्थितिसहित रिट निवेदन लिएर सर्वोच्च जान लागेको काँग्रेस नेता रमेश लेखकले जानकारी दिए ।