काठमाडौँ – नेपाली कांग्रेसका नेता रमेश लेखकले अवैधानिक प्रधानमन्त्रीले गरेको प्रतिनिधिसभा विघटन वैधानिक हुन नसक्ने बताएका छन् ।


ADVERTISEMENT


आइतबार सिंहदरबारमा सञ्चारकर्मीसंगं कुरा गर्दै लेखकले अहिलेको प्रतिनिधिसभा विघटन अवैधानिक प्रधानमन्त्रीले गरेको बताए । आफूले बहुमत ल्याउन नसक्ने, प्रधानमन्त्री रहिरहन नसक्ने सरकारलाई निरन्तरता दिन नसक्ने, त्यसकारण वैकल्पिक सरकार बनाउनका लागि प्रक्रिया खोलिदिनुस् भनेर ओलीले राष्ट्रपतिलाई अनुरोध गरेको भन्दै उनले वैकल्पिक सरकार नबनेको अवस्थामा अहिलेको प्रधानमन्त्रीलाई संसद विघटनको अधिकार नभएको जिकिर गरे ।


ADVERTISEMENT

# # #


नेता लेखकले आफूहरुले त्यस कदमकाविरुद्ध राजनीतिक र न्यायिक दुवै लडाइँ लड्ने र त्यसका लागि आवश्यक तयारी भइरहेको जिकिर गरे ।

त्यस्तै कांग्रेसका अर्का नेता प्रकाशमान सिंहले प्रधानमन्त्री ओलीले असंवैधानिक काम गरेकाले न्यायलयले यसलाई उल्टाइदिने दावी गरे । जनता कोरोना संक्रमणको उपचार नपाएर ज्यान गुमाउने अवस्थामा पुग्दा पनि सरकारको ध्यान निर्वाचनमा केन्द्रीत हुनु दुःखद भएको उनको भनाई छ ।

कांग्रेसले आइतबार संसदीय दलको कार्यालयमा सांसदहरुको हस्ताक्षर संकलन गरेको थियो ।