काठमाडौँ– नेपाली एयरलाइन्सले स्वदेशमा नै उत्पादन भएको दूध तथा दुग्धजन्य पदार्थ–बटर, चीज, दहीलगायत उत्पादन उपयोग गर्ने भएका छन् ।


ADVERTISEMENT


कृषि तथा पशुपन्छी विकासमन्त्री पद्माकुमारी अर्यालले नेपाल वायुसेवा निगमका महाप्रबन्धक रुद्रप्रसाद पौडेलसँगको छलफलपछि सो निर्णय गरिएको हो ।


ADVERTISEMENT

# # #


नेपाल दुग्ध विकास संस्थानको कार्यक्रममा मन्त्री अर्यालले नेपाली किसानको हितलाई ध्यानमा राख्ने हो भने स्वदेशी उत्पादनको उपयोगको विकल्प नरहेको जानकारी दिएका छन् ।

नेपालमा एक अन्तरराष्ट्रिय विमानस्थलसहित अन्य ५० विमानस्थल छन् । सोमध्ये २९ सञ्चालनमा छन् । अन्य पाँच निर्माणाधीन छन् । नेपालमा अहिले ३० एयरलाइन्स कम्पनीले लाखौँको सङ्ख्यामा यात्रु ओसारपसार गरिरहेका छन् । हवाइजहाजका यात्रुले स्वदेशी दूध तथा दुग्धजन्य पदार्थ उपयोग गरिदिने हो भने लाखौँ किसानको हित हुने दुग्ध विकास संस्थानका अध्यक्ष बाबुराम पाण्डेले जनाए । रासस