गण्डकी– गण्डकी प्रदेशका नवनियुक्त युवा तथा खेलकूदमन्त्री राजीव गुरुङले आज मन्त्री पदको पद तथा गोपनीयताको शपथ लिएका छन् ।


ADVERTISEMENT


प्रदेश प्रमुख सीताकुमारी पौडेलले मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङका उपस्थितिमा उनलाई शपथ गराएको हो ।


ADVERTISEMENT

# # #


प्रदेश प्रमुखको सरकारी निवासमा आयोजित शपथ ग्रहण समारोहमा उपसभामुख सिर्जना शर्मा, प्रदेश सरकारका मन्त्री, प्रदेशसभा सदस्य तथा सरकारी उच्चपदस्थ अधिकारीको उपस्थिति थियो ।

गुरुङ यही जेठ ५ गते गराइएको शपथ ग्रहण समारोहमा काठमाडौँमा भएका कारण उपस्थित भएका थिएनन् । नेकपा (एमाले) का समर्थनमा मनाङको प्रदेश (ख) बाट स्वतन्त्र उम्मेदवारका रुपमा निर्वाचित गुरुङ यसअघि प्रदेश सरकारमा केही दिन युवा तथा खेलकूदमन्त्री भएका थिए। रासस