काठमाडौँ – प्रतिनिधिसभा विघटन गरी मध्यावधि चुनावमा जाने राष्ट्रपति र प्रधानमन्त्रीको कदमविरुद्ध विपक्षी पाँच दलका नेताहरु सोमबार बिहान सर्वोच्च अदालत जाने भएका छन् ।


ADVERTISEMENT


आइतबार नै सर्वोच्च जाने तयार तयारी भएपछि आवश्यक प्रक्रिया र रिटको ड्राफ्टलाई अन्तिम रुप दिन समय लागेकाले सोमबार मात्रै जाने नेताहरुले बताएका छन् । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नागरिकतालगायत तयार गर्ने काम भएको र स-शरीर उपस्थित भएर सोमबार १० बजे अदालत जाने जानकारी दिए । उनले संसद विघटनकोविरुद्ध १४९ भन्दा बढी सांसदको हस्ताक्षर संकलन भएको दावी गरे ।


ADVERTISEMENT

# # #


त्यस्तै कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले ड्राफ्टलाई अन्तिम रुप दिनका लागि समय लागेको जानकारी दिए । त्यस्तै माओवादीका नेता बर्षमान पुनले सवैले पार्टीगत रुपमा हस्ताक्षर गरेको र संख्या पुगेकाले सोमबार बिहानै अदालत जाने बताए ।

राष्ट्रपति र प्रधानमन्त्रीको कदम असंवैधानिक भएको भन्दै यसका विरुद्ध राजनीतिक र कानुनी लडाइँ लड्ने विपक्षी गठबन्धनको निर्णयबमोजिम सांसदहरुको हस्ताक्षर र नागरिकता संकलन गरिएको हो ।