वाग्मती– वाग्मती प्रदेशका प्रमुख विष्णु प्रसाईंले प्रदेशसभाको आठौँ अधिवेशन आह्वान गरेका छन् ।


ADVERTISEMENT


प्रदेश सरकारको शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णयानुसार भएको सिफारिसमा अधिवेशन अह्वान गरिएको हो ।


ADVERTISEMENT

# # #


प्रदेश प्रमुख प्रसाईंले संविधानको धारा १८३ को उपधारा १ बमोजिम आठौँ अधिवेशन यही जेठ १६ गते आइतबार अपराह्न ३ः०० बजेका लागि आह्वान गरेको उनको सचिवालयले जनाएको छ ।

आठौँ अधिवेशनको पहिलो दिनमै सरकारले प्री बजेट प्रस्तुत गर्ने र क्रमशः नीति तथा कार्यक्रम एवं बजेट प्रस्तुत गर्ने जनाइएको छ । संविधानमा व्यवस्था भएअनुरुप प्रदेश सरकारले आगामी असार १ गते बजेट प्रस्तुत गर्नेछ । असार १ गते प्रस्तुत हुने बजेट निर्माणका लागि सरकार लागिपरेको प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री कैलाशप्रसाद ढुङ्गेलले जानकारी दिएका छन् । रासस