ललितपुर– गुणस्तरहीन ह्‍याण्ड स्यानिटाइजर उत्पादन तथा विक्री वितरण गर्ने व्यक्ति पक्राउ परेका छन् ।


ADVERTISEMENT


गुणस्तरहीन ह्‍याण्ड स्यानिटाइजर उत्पादन तथा विक्री वितरण गरेको अभियोगमा लाइन सर्जिकल हाउसका संचालक २६ वर्षीय आशिष प्याकुरेललाई आइतबार प्रहरीले पक्राउ गरेको हो ।


ADVERTISEMENT

# # #


कोभिड–१९ का कारण सिर्जित विषम परिस्थितिको फाइदा उठाउँदै आम सर्वसाधारणको स्वास्थ्यमा प्रतिकूल असर पार्ने ‘७५ प्रतिशत ह्‍याण्ड सेनिटाइजर’ बजारमा खुलेआम विक्री वितरण भइरहेको पाईएकोले त्यस्ता सेनिटाइजरको गुणस्तर जाँचका लागि औषधि व्यवस्था विभागको प्रयोगशालामा परीक्षणको लागि पठाइएकोमा उक्त सेनिटाइजर २४ प्रतिशत मिथानोल रसायन भेटिएको थियो ।

सेनिटाइजरमा प्रयोग भएको रसायनले मानव स्वास्थ्यमा घातक असर गर्ने भएकोले तत्काल उक्त उत्पादन माथि नियन्त्रण गर्नु पर्ने जरुरी रहेको भन्ने औषधि व्यवस्था विभागबाट परीक्षण रिपोर्ट प्राप्त हुनासाथ प्रहरीले उक्त कार्यमा संलग्न प्याकुरेललाई पक्राउ गरेको हो ।

प्याकुरेलले शितलहाईटमा घर भाडामा लिई औषधि व्यवस्था विभागमा दर्ता नगरी ‘रिप्याक्ट बाई आरसिबि ईण्डस्ट्रिज पर्सा’, नेपाल उल्लेख गरिएको नक्कली स्टिकर प्रयोग गरी सेनिटाइजर तयारी तथा प्याकिङ गरी विक्री गर्ने गरेको खुल्न गएको छ । उनीसंगै करिब २५ हजार लिटर नक्कली स्यानिटाइजर, २ हजार लिटर मिथानोल रसायन, ३ हजार ६ सय लिटर इथानिल रसायन, विभिन्न स्टिकरहरू र त्रिपुरेश्वरस्थित लाईफ लाईन सर्जिकल सप्लायर्सबाट करिब ५ हजार लिटर स्यानिटाइजर प्रहरीले बरामद गरेको छ ।