काठमाण्डौ– नेकपा माओवादी केन्द्र निकट भातृ संगठन वाइसियल नेपालले देशै भरी राष्ट्रपति बिद्या देवी भण्डारी र प्रधानमन्त्री के पी शर्मा ओलीले चालेको असंवैधानिक प्रतिगामी कदम संसद विघटनविरुद्व उत्रिएका छन् ।


ADVERTISEMENT


उनीहरुले आइतबार साँझ राष्ट्रपति र प्रधानमन्त्रीको पुत्ला दहन गर्दै राष्ट्रपति तथा प्रधानमन्त्रीको कदमको विरोध जनाएको हो ।


ADVERTISEMENT

# # #


काठमाण्डौ ,भक्तपुर, ललितपुर लगायत देशैभरि पुत्ला दहन गर्ने कार्य भएको वाईसियल नेपालका अध्यक्ष राम प्रसाद सापकोटा ‘दीपशिखा’ ले जानकारी दिएका छन् । शंकटको घडीमा मध्यराती सुनियोजित तवरले संसदको हत्या गर्नु प्रधानमन्त्री र राष्ट्रपतीको नालायकी र कायर पन भएको बताएका छन् । उनले देशी विदेशी शक्तिको इशारामा देशको बेहाल बनाएर संबिधान र जनताको हुर्मत लिने काम प्रधानमन्त्री र राष्ट्रपतिबाट हुनु देशको लागी दुर्भाग्य भएको उल्लेख गरे ।

अब युवा जागेर संबिधान र उपलब्धिको रक्षा गर्नुपर्ने पनि बताउँदै उनले देशैभरिका क्रान्तिकारी देशभक्त युवाहरुलाई आफ्नो ठाउँबाट यस्तो गलत प्रवृत्ति र व्यक्तिको विरोध गर्न अपिल समेत गरेको छ ।