काँग्रेस युवा नेता कुन्दन काफ्ले कोभिड संक्रमणका कारण अहिले उपचाररत छन् । उनीसँग हिमालय पोष्टले संक्रमणको अनुभव र समसामयीक विषयमा गरेको छोटो अन्तरक्रिया ।


ADVERTISEMENT


संक्रमित भएको आज कति दिन भो ?


ADVERTISEMENT

# # #


आज आठ दिन ।

स्वास्थ्य अवस्था कस्तो छ ?

चिकित्सकको सम्पर्कमा छु । एक्लै हिँड्ने ठाउँ प्रसस्त छ । ठीक छ ।

कोरोनाबारे अनुभव ?

कोरोना लाग्दैमा आत्तिन होइन । सावधानी अपनाउनुपर्छ ।

कस्तो महशुस गरिराख्नुभएको छ ?

मलाई त अहिले केही भाछैन । ठीक छ ।

आम शुभचिन्तकलाई के भन्नुहुन्छ ?

कोरोनालाई म जितेर आउँछु । यसमा कुनै समस्ीया छैन । देशको समग्र राजनीति, लामो संघर्षपछि हामीले हाँसिल गरेको उपलब्धि लोकतन्त्र नै यतिबेला प्रधानमन्त्री केपी ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीसँग मिलेर बारम्बार प्रहार गर्ने प्रयास भइरहेको छ । कोभिडभन्दा ठूलो भाइरस केपी ओली हुन् । ओली र भण्डारी कोभिडभन्दा ठूलो भाइरस हुन् । देश र जनताका लागि ठूलो भाइरस ओली र भण्डारी भएकाले सबै लोकतन्त्रवादीहरु यसको विपक्षमा उभिनुपर्छ ।

आगामी योजना के छ ?

सडकमा जानुपर्छ । मरिन्छ भनेर डराउन भएन । हिजो गणतन्त्रका लागि काँग्रेसले मरिन्छ कि भनेर आन्दोलन गरेको होइन, मरे मरिन्छ तर लोकतन्त्र बाँच्नुपर्छ भनेर गरेको हो ।

निषेधाज्ञा र स्वास्थ्य प्रोटोकल जस्तो गम्भीर विषय पनि त छ नि ?

सावधानी अपनाउनुपर्छ । स्वास्थ्यका मापदण्ड अपनाएर सडकमा आउनुपर्छ ।

तपाईँहरु विपक्षीमा हुनुहुन्छ । बहुमत पनि छैन । काँग्रेसलाई त यतिबेला चुनाव भएकै राम्रो होइन र ?

संविधानअनुसार जानुपर्यो । वर्तमान समयमा संविधानलाई गलत व्याख्या गरेर सरकारले गैरसंवैधानिका काम गरिरहेको छ । त्यसैले यसको प्रतिरोध गर्नुपर्छ । जनताहरु यसका विरुद्ध जुर्मुराउँछन् ।

संसद् पुनःस्थापना हुने अपेक्षा छ ?

हामीलाई विश्वास छ । अदालतले यो कुराको संरक्षण गर्छ । सँगसँगैँ कम्युनिष्टको यो दादागिरी तोड्नुपर्ने अवस्था छ । कानूनको गलत व्याख्या गरेर बारम्बार प्रहार गर्ने काम कम्युनिष्ट सरकारले गरेको छ । यसको विरुद्धमा लोकतन्त्रप्रेमी जनताहरु प्रतिकार गर्छन् ।

बहुमतको आधार तपाईँ सँग छैन, अंकगणितका हिसाबले कमजोर भएकाले संसद् पुनःस्थापना नहुनेमा सरकारी पक्ष ढुक्क जस्तो देखिन्छ नि । अदालतले पनि विघटन सदर गरे सडकबाटै ब्युँताउने ?

अंकगणितमा कम बढी भन्दा पनि अंकगणितमा पनि हामी कमजोर छैनौँ । तर लोकतन्त्रले अंकगणितको भन्दा पनि कानूनी राज्यलाई प्रधान कुरा मान्दछ । सत्ता प्राप्ति लोकतन्त्र होइन, तर अहिले ओली सरकारले जुन काम गरिरहेको छ त्यसले लोकतन्त्रमाथि प्रहार गरेको छ ।

सरकारको यो कदमकाविरुद्ध के अपील गर्नुहुन्छ ?

केपी ओली हट्नुपर्ने अवस्था आएपछि रातारात जसरी संसद् विघटन गर्नुभयो यो एकदमै निन्दनीय छ । यो जनताको जनभावनामाथि प्रहार हो । यो प्रणाली र जनताको भावना विपरित केपी ओलीले कदम चालेकाले यसको सशक्त प्रतिरोध आवश्यक छ ।