काठमाडौँ – नेपाली कांग्रेसका सभापति शेरवहादुर देउवाले सम्मानित सर्वोच्च अदालतले संविधान र संसदीय व्यवस्था बचाउने विश्वास व्यक्त गरेका छन् ।


ADVERTISEMENT


बिहीबार नेपाल प्रेस युनियनको ३१ औं वर्ष प्रवेशको अवसरमा युनियनले गरेको भर्चुअल कार्यक्रमलाई सम्बोधन गर्दै देउवाले मध्यरातमा संसद विघटन गर्नु असंवैधानिक भएको भन्दै सर्वोच्च अदालतले संविधान र संसदीय व्यवस्था बचाउने विश्वास व्यक्त गरे ।


ADVERTISEMENT

# # #


राष्ट्रपतिजस्तो सम्मानित पदमा बसेको व्यक्तिले प्रधानमन्त्रीले भन्दैमा मान्ने कुरा हुँदैन ।’ उनले भने, ‘यो संविधानको ठाडो उल्लंघन प्रधानमन्त्रीले त गरे गरे, राष्ट्रपतिले समेत गरेका देखिन्छ । हामीलाई विश्वास छ सर्वोच्चले हामीलाई अन्याय गर्नेछैन ।’

सभापति देउवाले कांग्रेसले निर्दलीय चरित्र देखायो भन्नेहरुलाई जवाफ दिँदै संविधान पढ्न आग्रह गरे । सभापति देउवाले संसद विघटनविरुद्ध सडक आन्दोलनमा उत्रनुपर्ने मत भएपनि आफूले रोकेको बताए । कोभिड महामारीमा जनता जीवन ठूलो भएकाले आन्दोलन नगरिएको बताए ।

फरक प्रसंगमा देउवाले पार्टीको महाधिवेशन तोकिएको समयमा सम्पन्न गर्न आफू तयार भएको बताए । त्यस्तै कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कांग्रेसले देशमा एकसाथ तीन वटा लडाइं लडिरहेको बताए । देशलाई विकल्प चाहिएको भन्दै नेता पौडेलले चुनावमा जाने परिस्थिति कतै नदेखिएको धारणा राखे ।

कार्यक्रममा प्रवक्ता विश्वप्रकाश शर्माले जनताले कांग्रेसलाई विपक्षमा बस्न जनादेश दिएको भए पनि कम्युनिष्टहरुले सत्ता चलाउन नसकेपछि मात्र सरकारको दाबी गर्नुपरेको बताए ।