काठमाडौँ – सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनविरुद्ध परेका सबै रिट संवैधानिक इजलासमा पठाउन आदेश दिएको छ ।


ADVERTISEMENT


बिहीबार विघटनविरुद्ध परेका ३० वटा रिट मध्ये १९ वटा रिटमाथि प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको इजलासमा सुनवाइ भएको हो । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको एकल इजलासले प्रतिनिधि सभा विघटनविरूद्ध परेका १९ रिटलाई पनि संवैधानिक इजलासमा पठाउन आदेश दिएको छ । संवैधानिक इजलासमा यसअघि नै ११ वटा रिट दर्ता भइसकेका छन् ।


ADVERTISEMENT

# # #


राणाले संवैधानिक इजलासमा पठाउनुभएको सबै रिटमा राष्ट्रपति कार्यालय शितल निवासलाई विपक्षी बनाइएको छ । अब ती सबै ३० वटा मुद्दाको सुनुवाइ शुक्रबार संवैधानिक इजलासमा हुने सर्वोच्च अदालतले जनाएको छ । यसअघि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहित प्रतिनिधि सभाका १४६ सांसदले बहुमत सांसदले हस्ताक्षर गरे पनि राष्ट्रपति विद्यादेवी भण्डारीले देउवालाई प्रधानमन्त्रीमा नियुक्त नगरेको भन्दै सर्वोच्चमा रिट निवेदन दिएका थिए ।