काठमाडौं – काठमाडौं उपत्यकामा प्रशासन कार्यालयले खाद्य सामग्री खरिदका लागि वैकल्पिक व्यवस्था गरेको छ ।


ADVERTISEMENT


जेष्ठ १४ देखि २० गतेसम्म थप गरिएको निषेधाज्ञामा किराना पसल र डिपार्टमेन्टल स्टोर बन्द गर्ने निर्णयको विरोध भएपछि प्रशासनले खाद्य सामग्री खरिदका लागि वैकल्पिक व्यवस्था गरेको हो ।


ADVERTISEMENT

# # #


नेपाल खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडबाट अत्यावश्यक सामग्री मगाउन सक्ने गरी व्यवस्था गरिएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी काली प्रसाद पराजुलीले जानकारी दिए । नागरिकले खाद्य सामग्री मगाए मोवाइल भ्यानमार्फत नै घरमा दाल चालम लगाएतका खाद्य सामाग्री घर–घरमा पुराउने व्यवस्था भएको पराजुलीले बताए । त्यस्तै उनले कोरोना नियन्त्रण गर्न थप गरिएको एक साताको निषेधाज्ञालाई कडाई गरिने स्पष्ट पारे ।

पराजुलीले प्रशासनले जारी गरेको निषेधाज्ञालाई उलंघन गरिए कडा कारवाही गरिने चेतावनी पनि दिए । उपत्यकामा कोरोना संक्रमण थप फैलन नलिन नाकामा पनि थप कडाई गरिएको उनले बताए ।

यी नम्बरमा फोन गर्नुहोस्:

नेपाल खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड

प्रमुख कार्यकारी अधिकृत : मोहनप्रकाश चन्द- ९८५१३२०३१४

विभागीय प्रमुख : भिमबहादुर थापा- ९८५११३६७८५

प्रादेशिक प्रमुख , थापाथली : ज्ञानु थापा- ९८५११२७८८

साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेड

प्रमुख कार्यकारी अधिकृत, उर्मिला श्रेष्ठ- ९८५१०२२५६४

नायब कार्यकारी अधिकृत, कुमार राजभण्डारी- ९८५१०३३३०३

विभागीय प्रमुख, सबल रिजाल- ९८५१११३६६०

अधिकृत, प्रज्वल प्रधान- ९८४१३३२९९०, ९८१३२७२५६३