काठमाडौँ– नेपाली सेनाका सहायकरथी दिनेश केसीको निमोनियासहित कोभिड–१९ संक्रमणबाट निधन भएको छ ।


ADVERTISEMENT


छाउनीस्थित वीरेन्द्र अस्पताल उपचार गराइरहेका केसीको आज बिहान निधन भएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले पुष्टि गरेको हो ।


ADVERTISEMENT

# # #


सेनाको १३ नं बाहिनी अड्डाका बाहिनीपति केसी केही समयअघि मात्रै बङ्गलादेशबाट नेशनल डिफेन्स कोर्स (एनडिसी) पूरा गरी फर्केका थिए । करिब ३२ वर्ष सैनिक सेवामा योगदान पुर्‍याएका काठमाडौँ निवासी उनको आजै पशुपति क्षेत्रमा अन्त्येष्टि गरिएको सेनाले जनाएको छ ।

मृतक केसीका श्रीमती र दुई छोरी छन् । कोभिड–१९ बाट हालसम्म छ सैनिकको निधन भइसकेको छ । रासस