काठमाडौँ – नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो लहान शाखाबाट रु २५ लाखको घातक रोग दाबी भुक्तानी गरेको छ ।


ADVERTISEMENT


कम्पनीले बिहीबार लहान–१ निवासी शकुन्तला पोद्दारले गरेको जीवन बीमा वापतको उक्त रकम उनका भतिज गोविन्द अग्रवाललाई प्रदान गरिएको हो ।


ADVERTISEMENT

# # #


शकुन्तला कुमारी पोद्दारले २०७६ असोज २७ गते रु २५ लाख को ‘जीवन अमृत योजना’ खरिद गरेकी थिइन् । दाबी भुक्तनी कार्यक्रममा शाखा प्रमुख संजय कुमार सिंह, सिनयर एजेन्सी मेनेजर मोहन झा र पोद्दारको स–परिवारको उपस्थिति रहेको थियो ।

बीमा दाबी भुक्तानी लीदैगर्दा विमीतको भतिजा गोविन्द अग्रवालले घातक रोग दावी भुक्तानी सरल र सहज रुपमा पाएको बताएका छन् ।