काठमाडौँ – प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले कानुनविद्हरुसँग संसद विघटनपछि आगामी रणनीति बनाउन कानुनविद्हरुसँग छलफल गरेका छन् ।


ADVERTISEMENT


सभामुख सापकोटाले बिहीबार संसद भवन नयाँ बानेश्वरमा दुई दर्जनभन्दा बढी कानुनविद्हरुसँग छलफल गरेका हुन् । कानुनविद्हरुसँगको छलफलले आफूलाई सहयोग पुगेको र राजनीतिक दल र अन्य सरोकारवालासँगको छलफलपछि आफूले जनतालाई केन्द्रमा राखेर केही कदम चाल्नुपर्ने भए चाल्ने बताए । जनताको सर्वोच्च संस्थामाथिको अवमूल्यन किमार्थ स्वीकार्य नहुने उनले बताए ।


ADVERTISEMENT

# # #


‘जनताको सर्वोच्च जनप्रतिनिधि संस्था । यो भन्दा ठूलो संस्था नेपालमा अर्को छैन भनेर भन्न सकिन्छ । किनभने यही संस्थाबाट हो राष्ट्रपति, प्रधानमन्त्री र सभामुख, उपसभामुखको जन्म हुने ।’
सभामुख सापकोटाले भने, ‘यसलाई अवमूल्यन गर्ने कुरा किमार्थ स्वीकार्य हुँदैन ।’

उनले सर्वोच्च अदालतको यसअघिको फैसला कार्यान्वयन नभएको र जनप्रतिनिधिको अपमान भएको बताए ।

प्रधानमन्त्री ओलीले दोस्रो पटक संद विघटन गरेपछि सभामुख सापकोटा आफूले के के गर्न सकिन्छ भनेर परामर्शमा जुटेका छन् । यसअघि उनले पूर्वसभामुखहरुसँग पनि छलफल गरेका थिए ।