दैलेख– जिल्ला अस्पतालमा तीन महिनादेखि बन्द रहेको शल्यक्रिया मार्फत प्रदान गरिने प्रसूुति सेवा पुनः शुरुआत भएको छ ।


ADVERTISEMENT


चिकित्सकद्वय जगत थापा, जीवन ज्ञवालीले अस्पतालमा सेवा शुरु गर्नुभएपछि जटिल प्रकारका गर्भवतीका लागि अन्यत्र रिफर गर्नुपर्ने अवस्था अन्त्य भएको हो ।


ADVERTISEMENT

# # #


स्वास्थ्य कार्यालयका निमित्त प्रमुख थीरप्रसाद रेग्मीले प्रसूति सेवा पुनः सुचारु भएको जानकारी दिएका छन् । रासस