इनरुवा– रेडियो सञ्चालकहरुको सङ्गठन ब्रोडकास्टिङ एसोसिएशन अफ नेपाल (बा) का अध्यक्ष चन्द्र न्यौपानेको शुक्रवार बिहान निधन भएको छ ।


ADVERTISEMENT


उनको कोरोना सङ्क्रमणका कारण ५० वर्षको उमेरमा निधन भएको हो ।


ADVERTISEMENT

# # #


न्यौपानेको विराट मेडिकल कलेजमा उपचार भइरहेकोमा शुक्रबार मृत्यु भएको नेपाल पत्रकार महासंघ सुनसरीका अध्यक्ष जनकऋषि राइले जानकारी दिएका छन् । न्यौपाने इटहरीको सप्तकोसी एफएमका स्टेशन म्यानेजर र विज्ञापन बोर्डका सदस्य समेत थिए ।

कोरोना सङक्रमण पुष्टि भएपछि न्यौपानेलाई वैशाख २८ गते बेलुका विराटमा भर्ना गरिएका थियो । अवस्था जटिल भएपछि भेण्टिलेटरमा राखेर उनको उपचार गरिएको थियो । रासस