काठमाडौँ– स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको प्रवक्ताको जिम्मेवारी इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. कृष्णप्रसाद पौडेललाई दिइएको छ ।


ADVERTISEMENT


यसअघिका प्रवक्ता डा. जागेश्वर गौतम कोभिड–१९ युनिफाइड केन्द्रीय अस्पताल (वीर अस्पताल) को प्रमुख प्रशासकीय अधिकारीमा नियुक्त भएपछि मन्त्रालयले आफूलाई आजदेखि प्रवक्ताको जिम्मेवारी दिएको उनले जानकारी दिएको हो ।


ADVERTISEMENT

# # #


मन्त्रालयको नव प्रवक्ताको रुपमा जियुक्त भएका डा. पौडेल कान्ति बाल अस्पतालका निर्देशक पनि हुन् । रासस