पोखरा – पोखरामा २० मिनेट बिजुली जाँदा ८ कोरोना संक्रमितको मृत्यु भएको छ ।


ADVERTISEMENT


विद्युत् आपूर्ति बन्द भएपछि पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा हाईफ्लोमा अक्सिजन लिइरहेका २० संक्रमितले प्रर्याप्त अक्सिजन नपाउँदा उनीहरुको मृत्यु भएको हो ।


ADVERTISEMENT

# # #


शुक्रवार बिहाना अक्सिजन नपाउँदा सुत्केरी महिला, दीर्घ रोगका बिरामीसहित ८ जनाको मृत्यु भएको थियो । अस्पतालका कोभिड डा. शरदचन्द्र बरालले उनीहरुले विद्युत् आपूर्ति बन्द भएपछि अक्सिजन नपाएको जानकारी दिए ।

अक्सिजन नपाएपछि मृत्यु हुनेमा तनहुँका ३, कास्कीका २, पर्वत, म्याग्दी र स्याङजाका एक/एक जना रहेका छन् ।