काठमाडौँ – नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले बजेट उद्योगमैत्री आएको बताएका छन् ।


ADVERTISEMENT


अर्थमन्त्री विष्णु पौडेलद्धारा बजेट भाषणपछि हिमालय दैनिकले सोधेको प्रश्नमा जवाफ दिँदै उनले उद्योग र लगानी प्रवर्द्वन गर्ने बजेट आएको धारणा व्यक्त गरे ।


ADVERTISEMENT

# # #


तथापि बजेटको विस्तृत अध्ययन गर्न बाँकी भएकाले अनुसूचिहरु हेरेर मात्र आधिकारिक टिप्पणी गर्न सकिने उनको भनाइ छ । उनले भने, ‘विस्तृत अध्ययन गर्न बाँकी छ, बजेट भाषण सुन्दा समग्रमा बजेट सकारात्मक देखिएको छ ।’

व्यवसायीको आयकरमा छूट, भन्सार छूट , डिजेलमा भ्याट फिर्ता छूट र विलिङ्ग चार्जेजको व्यवस्था राम्रो पक्ष भएको उनले बताए ।