काठमाडौँ – पूर्वअर्थमन्त्री डा. रामशरण महतले बजेट विज्ञापनमुखि भएकाले सन्तोषजनक नभएको टिप्पणी गरेका छन् ।


ADVERTISEMENT


बजेटमा व्यवस्था गरिएका अधिकांश व्यवस्था कार्यान्वयन गर्न कठिन भएकाले सरकारले लोकरिझ्याइँका लागि प्रचारजनक सामाग्री पेश गरेको टिप्पणी उनले गरेका छन् ।


ADVERTISEMENT

# # #


संसद् विघटन भएको अवस्थामा कामचलाउ सरकारले बजेट पनि कामचलाउ ल्याउनुपर्नेमा पूर्ण बजेट ल्याइएकाले असंवैधानिक र अधिकार क्षेत्रभन्दा बाहिर गएर बजेट ल्याइएको उनले बताएका छन् ।

कार्यान्वयनको पाटो चुनौतीपूर्ण हुनुका साथै बजेटमा एक तिहाइ रकम ऋणबाट उठाउने भनिएकाले यसले भावी पुस्तामा ऋणको भार थप्नेबाहेकको काम नगर्ने उनले बताए ।