काठमाडौँ – नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष राजेन्द्र मल्लले बजेट सुन्दा राम्रो भएपनि कार्यान्वनको पाटो एकदमै कठिन भएको टिप्पणी गरेका छन् । सरकारले निजी क्षेत्रका सुझावलाई समेत समेटेर राम्रो बजेट ल्याएको उनले बताए ।


ADVERTISEMENT


तथापि, अहिलेको महामारी र राजनैतीक अवस्थाका कारण यसको कार्यान्वयनमा भने आफूहरुलाई शंका रहेको टिप्पणी उनले गरे ।


ADVERTISEMENT

# # #


यो वर्ष प्राथमिकता नदिए पनि हुने विषय लोकप्रियताका लागि समेटिएका छन्, उनले भने, समग्रमा बजेट राम्रो आएपनि अहिलेको अवस्थामा यसलाई कार्यान्वन गर्ने पाटो जटिल देखिएकाले यसमा हामी चिन्तित छौँ ।