काठमाडौँ – नेकपा एमाले निकट नेपाल खेलकुद महासंघले सरकारले आर्थिक वर्ष २०७८/७९का लागि प्रस्तुत गरेको बजेट उत्साहजनक रहेको प्रतिक्रिया दिएको छ ।


ADVERTISEMENT


मंगलबार एक विज्ञप्ति निकाल्दै महासंघका अध्यक्ष रमेश पौडेलले नेपालको बजेटको ईतिहासमै खेलकुद क्षेत्रमा पहिलोपटक यर्थाथपरक, अग्रगामी तथा गतिशिल नीतिकार्यक्रम र बजेट आएको बताएका हुन् । सम्बोधन गरेको र स्वीकार गरेको वास्तविकताले समग्र खेल जगतलाई पनि उत्साहित बनाएको उनका भनाई छ ।


ADVERTISEMENT

# # #


बजेटलाई स्वागत गर्ने बताउँदै जारी विज्ञप्तिमा भनिएको छ, समग्रमा खेलक्षेत्र र नेपालीको भावना समेट्ने बजेट प्रस्तुत भएको र बजेटको आकार भन्दा त्यसले सम्बोधन गरेको र स्वीकार गरेको वास्तविकताले समग्र खेल जगतलाई पनि उत्साहित बनाएको छ ।’

नेपाल खेलकुद महासंघको माग बमोजिम नेपाललाई खेल पर्यटनको विश्वव्यापी केन्द्र बनाउने घोषणाले नेपाली खेलकुद तथा पर्यटन क्षेत्रलाई निकै उत्साहित बनाएको अध्यक्ष पौडेलले जनाएका छन् । यो बजेट कार्यान्वयनका लागि महासंघको अग्रसरता र पहलकदमी निरन्तर रहने उनले बताएका छन् ।