काठमाडौँ – यस एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडले भाका नाघेका ऋणीलाई जेठ मसान्तसम्ममा किस्ता र ब्याज तिरे १५ प्रतिशतसम्म छूट दिने भएको छ । संस्थाले मसान्त सम्ममा भुक्तानी गर्नुपर्ने कुल बक्यौता साँवा र ब्याज रकम चुक्ता गरेमा कूल ब्याज रकमको ८% देखि अधिक १५% सम्म छुट प्रदान गर्ने योजना सार्वजनिक गरेको छ ।


ADVERTISEMENT


यस वित्तीय संस्थाले गत आ.वा २०७६÷०७७ मा समेत आफ्ना ग्राहकहरुलाई रु ५ करोड ९५ लाख ३३ हजार ४०४ रुपैयाँ ब्याज छुट प्रदान गरेको थियो । सोही आ.व.मा संस्थाले रु ९ करोड ३३ लाख ०२ हजार १९३ रुपैयाँ आयकर नेपाल सरकारलाई बुझाएको थियो ।


ADVERTISEMENT

# # #


यस पटक पनि कोभिड १९ को कारणले सृजित विषम परिस्थितीको सामना गर्न ग्राहकहरुलाई सहज होस् भन्ने अभिप्रायले यस्तो योजना ल्याइएको संस्थाका कार्यकारी अधिकृत लक्ष्मण चालिसेले जानकारी दिए ।