काठमाडौँ – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले ढुंगा, गिट्टी र बालुवा निर्यात गरेर व्यापार घाटा न्यूनीकरण गर्ने सरकारको कार्यक्रम फिर्ता लिन आग्रह गरेको छ ।


ADVERTISEMENT


बुधबार एक विज्ञप्ति निकाल्दै कांग्रेस सभापति शेरबहादुर देउवाले आर्थिक वर्ष २०७८/७९ को बजेटमा सरकारले समेटेको उक्त कार्यक्रम नीतिगत भ्रष्टाचार गर्न ल्याइएको भन्दै फिर्ता लिन आग्रह गरेका हुन् । सभापति देउवाले चुरे क्षेत्र दोहनका लागि मार्ग प्रशस्त गर्न लिइएको नीतिका रुपमा अर्थ्याएका छन् ।


ADVERTISEMENT

# # #


‘विगतमा चुरे क्षेत्रमा ढुंगा, गिटी, बालुवा, उत्खनन् गरिँदा पानीका स्रोतहरु सुक्न थालेको, भू–क्षय बढेको र समग्रमा पर्यावरणलाई गम्भीर असर परेको अध्ययन विश्लेषण गरिएका हुन् ।’ उनले भनेका छन्, ‘विगतका गल्ती सच्याएर अघि बढ्न निश्चित गरिएको नीतिलाई विस्थापित गरेर पुनः दोहनलाई प्रोत्साहन सामान्य गल्ती होइन । प्रकृतिविरुद्धको अपराध र देशको तराई–मधेश क्षेत्रलाई भविष्यमा मरुभूमिकरण गर्ने गम्भीर षड्यन्त्र हो ।’

चुरे दोहन रोक्न र चुरे क्षेत्रलाई संरक्षण गर्न तत्कालीन कांग्रेस सभापति सुशील कोइरालाको नेतृत्वको सरकारले ‘राष्ट्रपति चुरे–तराई मधेश संरक्षण विकास समिति’ गठन गरिएको बताउँदै उनले सभापति देउवाले उक्त समितिले ढुंगा, गिट्टी, बालुवा उत्खननमा रोक लगाएको स्मरण गरेका छन् ।

उनले ढुंगा, गिट्टी र बाल्वा निकासी गरेर व्यापार घाटा गर्छौं भन्नु खरानीको व्यापार गर्न घर जलाएजस्तै भएको टिप्पणी गरेका छन् । उनले भनेका छन्, ‘ निश्चय नै देशले वर्षौंदेखि व्यापार घाटा व्यहोरिरहेको छ । तर, त्यसलाई न्यून गर्न वा सन्तुलनमा ल्याउन तराई मधेश र समग्र देशलाई नै दीर्घकालीन असर पार्ने कदम चाल्नु किमार्थ स्वीकार्य हुँदैन । त्यो नै उचित विकल्प होइन ।’