काठमाडौँ – जनता समाजवादी पार्टीका नेता एवं पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले दरबार हत्याकाण्ड छानबिन गर्न उच्चस्तरीय र निष्पक्ष छानबिन आयोग बनाउनुपर्ने बताएका छन् ।


ADVERTISEMENT


बुधवार राति ट्विट गर्दै उनले राजा वीरेन्द्रको वंशनाश भएको नारायणहिटी हत्याकाण्डको २० बर्ष भैसक्दा पनि त्यसवारे सत्यतथ्य स्थापित हुननसक्नु शोभनीय नभएको बताए ।


ADVERTISEMENT

# # #


उनले आरोपप्रत्यारोपको शृंखला चलिरहनु लोकतान्त्रिक गणतन्त्रका निम्ति शोभनीय विषय नभएको भन्दै छानबिन गरी रहस्य सदाको निम्ति अन्त्य गर्नुपर्ने उनको भनाइ छ ।