काठमाडौँ – भौतिक पूर्वाधार तथा यातायातमन्त्री बसन्त नेम्वाङले निषेधाज्ञालगत्तै रेल चल्ने बताएका छन् ।


ADVERTISEMENT


मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै मन्त्री नेम्वाङले जयनगर–जनकपुर रेलको सबै तयारी सकिएकाले निषेधाज्ञापछि चलाउने बताए ।


ADVERTISEMENT

# # #


भौतिक पूर्वाधार निर्माण र नीतिगत तयारी सबै गरिसकेको बताउँदै उनले रेल सञ्चालन गर्ने बताए । भारतसँग खरिद गरेको रेल ९ महीनादेखि त्रिपाल ओढाएर राखिएको छ ।

सरकारले भारतीय रेल निर्माण कम्पनी कोंकण रेलवे कर्पोरेशन लिमिटेलाई करिब एक वर्षका लागि करिब ३५ करोड रुपैयाँमा रेल सञ्चालनको ठेक्का दिएको छ ।