काठमाडौँ– नेपालमा पनि कालो ढुसी (ब्ल्याक फङ्गस)का बिरामी भेटिएका छन् ।


ADVERTISEMENT


बुधवार प्रेस ब्रिफिङका क्रममा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. कृष्णप्रसाद पौडेलले नेपालमा हालसम्म १० जनामा कालो ढुसीका बिरामी पुष्टि भएको जनाएको हो ।


ADVERTISEMENT

# # #


उनका अनुसार,  पुष्टि भएकामध्ये आठ जना मन्त्रालयको सम्पर्कमा र अन्य दुई सम्पर्कमा नआएको बताएका हुन्।

कालो ढुसीका बिरामी नेपालगञ्ज, वीरगञ्ज र काठमाडौँका रहेको उनको भनाई छ । यसअघि कालो ढुसीका बिरामी भारतमा फेला परेको थियो ।

कालो ढुसीले कोभिड–१९ भएका बिरामीको आँखा, नाक र अनुहार बिगार्ने गर्दछ । यो सङ्क्रमण बिरलै देखिने तर सङ्क्रमण गम्भीर भए प्राणघातक हुनसक्ने उनले जनाए ।

यसका लक्षणहरु

-अनुहार, मुख, नाक, आँखा वरिपरि दुख्ने, आँखा र नाक सुन्निने रातो हुने वा दुख्ने

-आँखाका ढकनी सुनिने र ढकनी झुक्ने

-ज्वरो आउने

-आँखाले धमिलो देख्ने

-नाकबाट रगत र बाक्लो सिङ्गान आउने

-दाँत दुख्ने वा हल्लिने ।

कोभिड–१९ जस्तै यो रोग नसर्ने भए पनि ४५ देखि ६५ उमेर समूहका मधुमेह वा शरीरको रोग प्रतिरोधात्मक क्षमता कमजोर भएका र धेरै खाले एन्टिवायोटिक वा स्टेरोइड औषधिको लामो समयसम्म प्रयोग गर्नेलाई कालो ढुसी लाग्ने गर्दछ ।

कालो ढुसीबाट बच्नका लागि अपनाउन सकिने पुर्व सावधानी तथा बच्ने उपायहरु निम्न रहेका छन् :

-सफा र सुक्खा मास्क प्रयोग गर्ने,

-मास्क धोएर प्रयोग नगर्ने,

-नियमित रूपमा हात धुने वा सेनिटाईजरको प्रयोग गर्ने,

-घर बाहिर वा फोहरमा काम गर्नुपरे डिस्पोजेवल पञ्जाको प्रयोग गर्ने,

-धेरै धुलो भएको र ओसिलो ठाउँमा नजाने, नु

-निलो पानीले नाक सफा गर्ने ।

यस्तै पोभिडोन आयोडिन भएको तरल पदार्थले घाँटी र मुख कुल्ला गर्ने, जथाभावी एन्टिवायोटिक औषधि सेवन नगर्ने, मधुमेह भएका बिरामीले मधुमेह नियन्त्रण गर्ने र स्वास्थ्यकर्मीको सल्लाहमा मात्र औषधि सेवन गर्नुपर्दछ ।