काठमाडौँ– कोरोना संक्रमणको उपचारपछि घर फर्किसकेका कारण गत पुर्वराजा दम्पतीले आफुहरुको अवस्था सुधारोन्मुख रहेको जनाएको छ ।


ADVERTISEMENT


आज एक भिडियो सार्वजनिक गर्दै उनीहरुले आफ्नो स्वास्थ्य अवस्थाबारे सो जानकारी दिएका हुन् ।


ADVERTISEMENT

# # #


सो भिडियोमा पुर्वराजा ज्ञानेन्द्रले आफुहरुको स्वास्थ्य अवस्थाबारे चासो एवम् चिन्ता लिदैं शुभकामना दिने सम्पुर्णमा आभार व्यक्त गर्दै दिनरात नभनी आफ्नो दायित्वप्रति अडिग रहि अंग्रपक्तिंमा खटिएका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सफाईकर्मी तथा सामाजिक कार्यकर्तालाई धन्यवाद समेत व्यक्त गरेका छन् ।

कोरोनाका कारण ग्रसित भएको देशभित्र र बाहिरको माहोलप्रति आफुहरु चिन्तित रहेको जनाउँदै उनले अघि भनेका छन्, ‘महामारीको प्रकृया जारी छ । यसलाई नियन्त्रण गर्नका लागि हाम्रो आफ्नै संकल्प र बाह्य सहयोगको आवश्यक पर्दछ ।’

यस्तै, प्राप्त अन्र्तराष्ट्रिय सहयोगप्रति आभार व्यक्त गर्दै उनले सम्पुर्णमा सुरक्षित, सर्तक र स्वस्थ रहन आग्रह समेत गरेका छन् । यसैगरि उनले उपचारका क्रममा रहेका सम्पुर्ण नेपालीको शिघ्र स्वास्थ्य लाभको कामना गर्दै महामारीमा जीवन गुमाउनेहरुको आत्माको चिर शान्तिको कामना समेत गरे ।

भिडियोको अन्त्यमा उनले भनेका छन्, ‘श्री पशुपतिनाथले ती सबै परिवारहरुमा धैर्य धारणको शक्ति प्रदान गरुन् । जय नेपाल ।’

भारतको हरिद्वारमा आयोजित कुम्भमेलामा सहभागी भएर फर्किएलगत्तै कोरोना संक्रमण देखा परेका पुर्वराजा दम्पती गत वैशाख ११ गते थापाथदीस्थित नर्भिक अस्पताल भर्ना भएका थिए । उनीहरुमध्ये पुर्वराजा ज्ञानेन्द्र वैशाख २९ गते गते अस्पतालबाट डिस्चार्ज भएका थिए ।

तर, पुर्वरानी कोमलको अवस्था जटिल भएका कारण अस्पतालले उनलाई भने, स्वास्थ्य अवस्थामा सुधार आउनुका  साथै कोरोनाको नेगेटिभ रिपोर्टपछि भर्ना भएको २१ दिनपछि मात्रै डिस्चार्ज गरेको थियो ।