काठमाडौँ – टेलिभिजन सेवा प्रदायक डिशहोमले नजिकिँदै गइरहेको युरोको सबैभन्दा ठूलो फुटबल प्रतियोगिता यूईएफए यूरो २०२० का फुटबल प्रेमी दर्शकहरुलाई लक्षित गरि डिसहोमले आफ्नो नयाँ अभियान ‘मेरारो मनको दोस्रो देश’ सुरु गरेको छ ।


ADVERTISEMENT


गत वर्ष महामारीको कारण रद्ध गरिएको यूईएफए यूरो २०२० यस वर्ष प्रसारण गर्न सम्पूर्ण रुपमा तयार रहेको डिसहोमले जनाएको छ । दर्शकहरुले यो फुटबल प्रतियोगिता डिसहोमको एच.डी च्यानल एक्सन स्पोर्टस्मा हेर्न सक्नेछन् । सामाजिक संजालहरुमा #MeroMankoDosroDesh ट्रेन्ड गराइ यस योजनाले फुटबल प्रतियोगितालाई दर्शकहरु बीच रोमान्चकारी बनाउने छ ।


ADVERTISEMENT

# # #


यस अन्तर्गत फ्यानहरुले आफूँले प्रशंसा र समर्थन गरेको आफ्नो मनको दोस्रो देशलाई ट्याग गर्न सक्दछन् भने यस माध्यमबाट उनीहरुले आफ्नो पक्ष र विपक्ष टीमलाई अरु कसले समर्थन गरिरहेका छन् भन्ने बारे जानकारी प्राप्त गर्ने डिशहोमले जनाएको छ ।

डिशहोमले भनेको छ, ‘हरेक नागरिकको अनन्त प्रेम र समर्थन आफ्नै देशका लागि हुन्छ भने खेलमा भाग नलिएका देशका नागरिकको पनि आफ्नै समर्थनको दोस्रो देश हुन्छ । यस अभियानले प्रशंसकहरुलाई उनीहरुको दोस्रो देशको साथ खेलमा आनन्दित हुने अवसर सिर्जना गर्दछ ।’

यस अभियानबाट डिसहोमले समय समयमा कुन देशका सबै भन्दा धेरै समर्थक छन् भन्ने विवरण पनि निकाल्नेछ । जुन ह्यास्ट्यागरको मनको दोस्रो देश फाइनलमा जान्छ र खेल जित्छ, उनैले भाग्यशाली ड्र मार्फत बम्पर इनाम पनि जित्ने डिशहोमले जानकारी दिएको छ । यस बाहेक, फ्यानहरुले सामाजिक संजालमा प्रतियोगिताको भविष्यवाणीमा भाग लिइ विभिन्न उपहारहरु जित्न सक्नेछन् ।

अभियानमा भाग लिनको लागि सर्त तथा नियम:

डिशहोमका अनुसार सहभागीहरुले डिसहोमको फेसबुक पेज लाइक गर्नुपर्नेछ । यस्तै सहभागीहरुले आफ्नो फेसबुकको पोस्टमा अनिवार्य रुपमा #MeroMankoDosroDesh गर्नुपर्नेछ र आफूले समर्थन गरेको देशको नाम उल्लेख गर्नुपर्नेछ ।

खेलको बीच अन्तरालमा समर्थन गरिएको देश परिवर्तन गर्न पाइने छैन भने प्रतियोगिताको क्वाटर फाइनलसम्मको ह्यास्ट्याग मात्र लक्की ड्रमा गणना हुने कम्पनीको भनाई छ । सहभागीहरुले खेलको अन्त्य सम्म आफ्नो मनको देशलाई समर्थन गरी #MeroMankoDosroDesh संगै खेल सम्बन्धित पोस्ट गर्न सक्नेछन् ।

विजेता राष्ट्र, पहिलो रनर राष्ट्र र दोस्रो रनर राष्ट्र गरी तीन राष्ट्रका समर्थकले लक्की ड्रबाट बम्पर पुरस्कार जित्नेछन् । विजेताहरुको घोषणा डिसहोमको फेसबुक पेजमा लक्की ड्रको माध्यमबाट हुने कम्पनीले जनाएको छ ।