पूर्वी चितवनको खैरहनी नगरपालिका–१० स्थित भित्री सडकमा मोटरसाइकलले साइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा अन्य दुई जना घाइते भएका छन् ।


ADVERTISEMENT


मृत्यु हुनेमा स्थानीय मोटरसाइकल चालक २१ वर्षीय विक्रम चौधरी रहेको चितवनका प्रहरी उपरीक्षक दीपक थापाले जानकारी दिनुभयो ।


ADVERTISEMENT

# # #


खैरहनीको कठारस्थित भित्री सडकमा ना १३ प २८९७ नम्बरको मोटरसाइकलले विपरीत दिशाबाट आउँदै गरेको साइकललाई बुधबार साँझ ठक्कर दिँदा गम्भीर घाइते भएका चौधरीलाई उपचारका लागि भरतपुरतर्फ ल्याउने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

सो दुर्घटनामा परी मोटरसाइकलको पछाडि बस्ने स्थानीय सञ्जय चौधरी र साइकल चालक १९ वर्षीय साउना राउत घाइते भएको र उनीहरु कलेज अफ मेडिकल साइन्सेज भरतपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।  – आजको गोरखापत्र अनलाईनबाट