काठमाडौँ – कांग्रेस नेता एवं निवर्तमान सांसद मोहन आचार्यले रसुवाका दुई अस्पताललाई भेन्टिलेटर सहितका स्वास्थ्य सामाग्री उपलब्ध गराएका छन् । उनले व्यक्तिगत रुपमा भेन्टिलेटर सहितका स्वास्थ्य सामाग्री खरिद गरि जिल्लाका दुई अस्पतालमा प्रयोग हुने गरि उपलब्ध गराएका हुन् ।


ADVERTISEMENT


सहयोग गरिएका सामाग्रीमा करिब १६ लाख मुल्य बराबरको मिनि भेन्टिलेटर ४ वटा, अक्सिमिटर ३० वटा, बेड ५ वटा र सर्जिकल मास्क ३ हजार थान रहेका छन् । बिहबिार जिल्ला प्रशासन कार्यालय रसुवामा एक कार्यक्रमको आयोजना गरि आचार्यले जिल्ला स्तरिय कोभिड १९ संकट व्यवस्थापन केन्द्रका अध्यक्ष एवम् प्रमुख जिल्ला अधिकारी इश्वरी प्रसाद ढकाललाई उत्तर सामाग्री हस्तान्तरण गरेका थिए ।


ADVERTISEMENT

# # #


आचार्यले अघिल्लो वर्षको कोरोना लहरमा पनि जिल्ला स्तरिय कोभिड १९ संकट व्यवस्थापन केन्द्रलाई व्यक्तिग रुपमा स्वास्थ्य सामाग्री प्रदान गर्नुका साथै जिल्लाका अग्रपङ्तीमा काम गर्ने पाँच सय आठ जना पत्रकार, शिक्षक तथा जनप्रतिनिधीहरुको कोरोना बिमा समेत गरेका थिए ।