काठमाडौँ – चुरे क्षेत्रको ढुङ्गा, गिट्टी, बालुवा निकासी गर्ने सरकारको नीतिको विरोध गर्दै नेपाल विद्यार्थी संघ (नेविसंघ)ले आइतबार काठमाडौंमा प्रदर्शन गरेका छन् ।


ADVERTISEMENT


काठमाडौंको गोङ्गबु चोकमा उनीहरूले सरकारले बजेट वक्तव्यमार्फत घोषणा गरेको चुरे क्षेत्रको ढुङ्गा, गिट्टी, बालुवा निकासी गर्ने नीतिको विरोध गर्दै प्रदर्शन गरेका हुन् । प्रदर्शनका क्रममा उनीहरुले सरकार विरोधी नारा लगाउदै चुरे क्षेत्रको ढुङ्गा, गिट्टी, बालुवा निकासी गर्ने नीति फिर्ता लिन माग गरेका छन् ।


ADVERTISEMENT

# # #


त्यस्तै उनीहरुले उपप्रधान एवं शहरी बिकास मन्त्रीले राष्ट्रहित बिपरित अभिव्यक्ति दिएको भन्दै नाराबाजी गरेका थिए । केहिबेर प्रर्दशनगरेपछि प्रहरीले नेविसंघ महामन्त्री दीपक भट्टराईसहित केही विद्यार्थीलाई नियन्त्रणमा लिएको थियो ।