कैलालीमा हिउँदे बालीका लागि रासायनिक मलको अभाव भएको छ । कृषि सामग्री कम्पनीको डिपोमा मल मौज्दात सकिएकाले अभाव भएको हो ।


ADVERTISEMENT


तोरी तथा अन्य तरकारी खेतीको समयमा रासायनिक मलको अभाव हुँदा किसानहरू चिन्तामा छन् । समयमा तोरी लाउन नसक्दा उत्पादन कमी हुन्छ । टीकापुर ९ का भौना चौधरीले मल अभावमा तोरी छर्न नसकेको बताए । ‘मलको खोजी गरेको एक साता भयो,’ उनले भने, ‘तोरी छर्नलाई जग्गा तयारी अवस्थामा छ । मल नपाएर तोरी छरेको छैन ।’ कृषि सामग्री केन्द्र धनगढीमा मल मौज्दात शुन्य रहेको क्षेत्रिय प्रबन्धक दुर्गाप्रसाद पाण्डेले बताए । उनले भने, ‘मल आयातमा केही ढिलाइ भएकाले रासायनिक मलको अभाव भएको हो । मल भारतको कोलकातामा लोडिङ भइरहेको छ । करिब एक सातापछि मात्र मल कैलाली पुग्छ ।’ कैलालीमा बर्सेनि करिब २० हजार टन रासायनिक मलको मलको माग हुने गरेको छ ।


ADVERTISEMENT

# # #


बढ्दो प्रयोगले यसको माग बढ्दै गएको हो । कृषि सामग्री केन्द्रले अनुदानबाट १ हजार ६ सय ५२ मा युरिया, ४ हजार ५ सय ५२ मा डीएपी र ३ हजार ३ सय ५२ मा पोटास मलको मूल्य निर्धारण गरि सहकारीलाई बिक्री वितरण गर्ने जनाएको छ । रासायनिक मलको अभाव भएपछि सीमा क्षेत्रका किसानहरू भारतीय रासायनिक मलको प्रयोग गरिहेका छन् । कृषि सामग्रीको मलभन्दा भारतबाट ल्याइएको मल केही सस्तो भए पनि खुला नाका भएर आउने भएकाले गुणस्तरहीन हुने प्राविधिक रामनारायण चौधरीले बताए ।