काठमाडौँ – नेपालमा आइतबार थप तीन हजार ४ सय ७९ जनामा कोरोना पुष्टी भएको छ ।


ADVERTISEMENT


देशभर गरिएको १० हजार ४ सय ७१ पीसीआर परीक्षणका क्रममा ३ हजार २४ र तीन हजार २ सय ६२ एन्टीजेन परीक्षणका क्रममा ४५५ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । नेपालमा हालसम्म पीसीआर परीक्षणबाट ५ लाख ८८ हजार १२४ र एन्टीजेन परीक्षणबाट १३ हजार ५५९ संक्रमित फेला परेका छन् । त्यस्तै कोरोनाका कारण थप ९९ जनाको मृत्यु भएको छ भने हालसम्म ७ हजार ८ सय ९८ जनाको कोरोनाका कारण मृत्यु भएको छ ।


ADVERTISEMENT

# # #


त्यस्तै थप ६ हजार ६ सय ३६ संक्रमित निको भएका छन् । हालसम्म नेपालमा ४ लाख ९१ हजार ९ जना संक्रमित निको भएका छन् । हाल ८९ हजार २१७ जना सक्रिय संक्रमित आइशोलेशनमा र ७३१ जना क्वारेन्टाइनमा छन् । हालसम्म नेपालमा ३१ लाख ४३ हजार ६२ वटा पीसीआर र ६९ हजार ९५१ वटा एन्टीजेन परीक्षण भएको मन्त्रालयले जनाएको छ ।