काठमाडौँ – जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद‍् अध्यक्ष एवं पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले मुलुक संकटमा पर्न लागेको बताएका छन् । उनले आफूले मुलुक संकटमा पर्न लागेको संकेत पाएको र उक्त जानकारी प्रधानमन्त्री केपी शर्मा ओलीदेखि राजनीतिक दलका शीर्ष नेतालाई जानकारी गराएको बताए ।


ADVERTISEMENT


आइतवार हिमालय टेलिभिजनको ‘यक्ष प्रश्न’ कार्यक्रममा बोल्दै डा. भट्टराईले देश गम्भीर संकटमा पर्न लागेको र यसको तयारी गत बैसाखमै भइसकेको संकेत गरे । यद्दपी, उक्त संकट के हो भन्ने भने उनले खुलाएनन् । ‘गत बैसाख १३ गते मध्यरातमा यस्तो घटना घटेको छ जुन आज म उद्घाटित गर्दिनँ, तपाईँलाई संकेत मात्र गर्छुँ,’ उनले भने, ‘देश गम्भीर संकटमा पर्दैछ भन्ने सूचना पार्टीका जिम्मेवार नेता र अन्य पार्टीका शीर्ष नेताहरुलाई पनि जानकारी गराएको छु ।’


ADVERTISEMENT

# # #


उनले प्रधानमन्त्री ओलीलाई भेट्न जानुको कारण पनि उक्त जानकारी दिन मात्रै भएको दाबी गरेका छन् । देशलाई बचाउन गम्भीर कदम चाल्नुपर्ने उनले बताए । ठूलो ग्राण्ड डिजाइन अनुसार पुस ५ देखि जेठ ८ गते मध्यरातसम्मका परिघटना भएको भट्टराईको दाबी छ ।