धनगढी– सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले मङ्गलबार प्रदेशसभाबाट विश्वासको मत लिने भएका छन् ।


ADVERTISEMENT


आइतबार प्रदेशसभा सचिवालयमा विश्वासको मत लिने पत्र दर्ता गराएसंगै उनले विश्वासको मत लिने भएका हुन् ।


ADVERTISEMENT

# # #


कांग्रेस संसदीय दलका नेता डाक्टर रणबहादुर रावलका अनुसार, उनले आज विश्वासको मत लिन खोजेको तर, नेपाली कांग्रेसले विरोधपछि विश्वासको मत लिने कार्य मङ्लबारका लागि सरेको हो ।

सुदूरपश्चिममा नेकपा (एमाले)को समर्थनमा माओवादी केन्द्रको नेतृत्वमा प्रदेश सरकार रहेकामा स्थायी कमिटी बैठकले समर्थन यही जेठ १० गते फिर्ता लिएको थियो । प्रदेश संसदीय दलको बैठकले भने समर्थन कायम राख्ने निर्णय गर्दै आफ्ना तर्फबाट मन्त्रीसमेत फेरबदल गरेको थियो । रासस