काठमाडौँ– बूढानीलकण्ठ नगरपालिकाले कोभिड –१९ विरुद्धको चाइनिज भेरोसेल खोप यही जेठ २५ गतेदेखि उपलब्ध गराउने भएको छ ।


ADVERTISEMENT


नगरपालिकाले ६० देखि ६४ वर्ष उमेर समूहलाई पहिलो मात्राको खोप तीन दिनसम्म बिहान ११ देखि अपराह्न ४ बजेसम्म उपलब्ध गराउन लागेको हो ।


ADVERTISEMENT

# # #


नगरवासी र वरपरका बासिन्दालाई पनि सो खोप उपलब्ध गराइने प्रवक्ता तथा वडा नं १० का वडाध्यक्ष नवराज भट्टराईले जानकारी दिएका छन् । ती खोप गणेश मावि वडा नं २, गणेशचोक, र नेशनल आइडियल बोर्डिङ स्कूल, वडा नं ९, मण्डिखाटार र बालउद्धार मावि वडा नं १०, कपनबेखबाट उपलब्ध गराइने जनाइएको छ । रासस