‘महिलालाई घृणा गर्ने यो दुनियाँमा निर्दोषेपनमा दोहोरो मापदण्ड हावी छ । यहाँ अरुको विचारलाई सम्मान गरिँदैन । जहाँ महिलालाई तिरस्कार गर्ने एक पुरुषको तारिफ गरिन्छ तर त्यही काम महिलाले गरे भने उसलाई घृणा गरिन्छ । जहाँ आफ्ना प्रियजनसँग प्रेम गर्ने र उनीहरुसँग कुराकानी गर्ने महिला गलत हुन्छन् तर महिलाको तस्बिर अगाडि राखेर हस्तमैथुन गर्ने पुरुषको भिडियोलाई इन्टरनेटमा भाइरल गरिन्छ ।’


ADVERTISEMENT


माथिका शब्द पाकिस्तानी अभिनेत्री हानिया आमिरका हुन् । उनले आफ्नो सामाजिक सञ्जाल इन्स्टाग्राममा एक भिडियोका साथ पोस्ट गरेकी छन् । उक्त भिडियोमा हानिया निकै उदास अवस्थामा बहिनीसँग कुराकानी गर्दै लगातार आफ्ना आँशु पुछ्दै गरेको देखिन्छ ।


ADVERTISEMENT

# # #


दैनिक सामाजिक सञ्जालमा आइरहने र समाचार बनिरहने हामिदको यस्तो के भयो कि मनोरञ्जनात्मक पोस्ट गर्ने उनलाई दुःखी हुँदै यस्तो भन्नु पर्‍यो ?

भएको के थियो ?

पछिल्लो शुक्रबकार हानिया आफ्नो इन्टाग्राम एकाउन्टबाट लाइभमार्फत प्रशंसकहरुसँग कुराकानी गरिरहेकी थिइन् । उक्त ‘लाइभ सेसन’को दौरान एक प्रशंसकले उनको तस्बिर अगाडि आपत्तिजनक गरिकाले हस्तमैथुन गरे ।

यो यति अविश्वसनीय थियो कि जसले हानियाको अनुहारको भावलाई अचानक बद्लिदियो । जसका कारण उनले ‘लाइभ सेसन’ नै बन्द गर्नुपर्यो । केही समयमै कुनै व्यक्तिले यस भिडियोलाई सामाजिक सञ्जालमा पोस्ट गरिदियो, जुन पछिल्ला केही घण्टादेखि भाइरल छ । यद्यपी यो भिडियोलाई पुष्टी गर्ने आधार छैन । कसैले यसलाई मिथ्या र सम्पादन गरिएको बताइरहेका छन् ।

-एजेन्सी