काठमाडौँ– नवनियुक्त स्वास्थ्य तथा जनसंख्यामन्त्री शेर बहादुर तामाङले सबै अस्पताललाई तोकिएको शुल्कमा नै उपचार गर्न निर्देशन दिइने बताएका छन् ।


ADVERTISEMENT


मन्त्रालयको जिम्मेवारी सम्हालेपछि सोमबार पहिलोपटक मन्त्रालयमा भर्चुअल पत्रकार सम्मेलन आयोजना गरेका उनले पछिल्लो समयमा सुनिएको अस्पतालको चर्काे मुल्य ज्यादतीको विषयमा अनुगमन समेत गर्ने जनाएका हुन् ।


ADVERTISEMENT

# # #


कार्यक्रममा बोल्दै मन्त्री तामाङले कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि सरकारका सबै संयन्त्र परिचालित भएको जनाउँदै स्वास्थ्य विज्ञद्वारा अनुमान गरिएको यसको सम्भावित तेस्रो लहरको पूर्वतयारीका विषयमा समेत आवश्यक छलफल भइरहेको उल्लेख गरेका छन् ।

यसका लागि उनले सबै अस्पतालको तथ्यांक र ती अस्पतालको बेड क्षमताका विषयमा अध्ययन गरी आवश्यक बेड थप्ने तयारी गरिरहेको बताए ।