काठमाडौँ– अन्तर्राष्ट्रिय नेपाली समाज (इन्स)अन्तर्गत भाषा तथा साहित्य समितिका अध्यक्षमा डा जानुका नेपाल चयन भएका छन् ।


ADVERTISEMENT


नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्वसदस्य सचिव डा तुलसीप्रसाद भट्टराईका प्रमुख आतिथ्यतामा सम्पन्न भर्चुअल बैठकले डा. नेपालका नेतृत्वमा ४५ सदस्यीय कार्यसमिति घोषणा गरेको हो ।


ADVERTISEMENT

# # #


समितिका वरिष्ठ उपाध्यक्षमा रोमकान्त सापकोटा, महासचिवमा डा चैतन्य अधिकारी र कोषाध्यक्षमा रविना महर्जन रहेका छन् । सो अवसरमा साहित्यकार डा. भट्टराईले जहाँ भए रहे पनि आफ्नो पहिचान र स्रष्टाले सिर्जना प्रेम छाड्न नहुने जनाएका छन् । समितिका अध्यक्ष डा नेपालले नेपाली भाषा साहित्यका विकासमा काम गर्ने योजना रहेको जानकारी दिए ।

कार्यक्रममा समाजका केन्द्रीय अध्यक्ष अर्जुन घिमिरे, भाषा तथा साहित्य समितिका उपाध्यक्ष शर्मिला पौडेललगायतले नेपाली भाषा साहित्यका विविध आयामका बारे प्रकाश पारेका थिए । रासस