विराटनगर – प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले स्वास्थ्यमा मात्र नभई राजनीतिक क्षेत्रमा पनि कोभिड संक्रमण देखिएको टिप्पणी गरेका छन् ।


ADVERTISEMENT


सोमबार मोरङमा प्रदेशसभाको आठौं अधिवेशन तथा बजेट अधिवेशनको पहिलो बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री राईले केन्द्रबाट सुरु भएको राजनीतिक कोभिड सबै प्रदेश र स्थानीय तहमा तीव्र गतिमा फैलिएको र कसैलाई बाँकी नराखेको तर्क समेत गरे । उनले प्रदेश १ प्रदेशसभा र आफूहरु पनि त्यो कोभिडबाट प्रभावित भएको र कोभिडबाट शिक्षा लिएर अघि बढ्नुपर्ने अवस्था रहेको धारणा राखे ।


ADVERTISEMENT

# # #


संसद्को हिउँदे अधिवेशनमा सम्बोधन गर्न नपाएको गुसानो गर्दै उहाले विपक्षीहरुको अवरोधकै कारण संसद् अधिवेशन तत्कालै अन्त्य गर्नुपरेको बताए । मुख्यमन्त्री राईले आफुले संसदलाई छल्न खोजेको आरोप निराधार रहेको उल्लेख गरे । संघीय सरकारले स्वास्थ्य संकटकाल लगााउन सक्ने अवस्थालाई मध्यनगर गर्दै प्रदेश सभाको अधिवेशन बोलाउन ढिला भएको उनको भनाई छ । त्यस्तै मुख्यमन्त्री राईले कोरोना संक्रमणकै कारण प्रिबजेट छलफलको समय घटाएको बताए ।

त्यसअघि बैठकमा काँग्रेस संसदीय दलका नेता राजीव कोइरालाले प्रदेश सरकारले प्रदेशसभालाई वेवास्ता र उपेक्षा गरेको भन्दै असन्तोष प्रकट गरे । नेकपा माओवादी केन्द्र संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले सरकार एकपछि अर्को कलाविहीन नाटकमा मात्र केन्द्रित भएको आरोप लगाए । जनता समाजवादी दलका संसदीय दलका नेता जयराम यादवले प्रदेश सरकारको कार्यशैलीगत कमजोरीले संघीयताकै हुर्मत लिएको आरोप लगाए ।

प्रदेशसभाको अर्को बैठक मंगलबार साढे १२ बजे बस्नेछ ।