काठमाडौँ – प्रदेश नम्बर १ का उद्योग वन,पर्यटन तथा वातावरण मन्त्री जगदीशप्रसाद कुसियैतको विशेष पहलमा सुनसरीमा १३ हजार खोप ल्याइएको छ ।
जिल्लाका उच्च जोखिममा रहेका ६२ वर्षदेखि ६५ वर्ष उमेर समूहका जेष्ठ नागकिरहरुलाई जेठ २५ गतेदेखी लगाउने गरी कोरोना विरुद्धको खोप उनको पहलमा प्रदेश सरकरले सोमबार खोप उपलब्ध गराएको हो ।
प्रदेशमन्त्री जगदीसप्रसाद कुसियैतले यहाँ २६ हजार जेष्ठ नागरिकलाई कोरोना भाइरस विरुद्धको भेरोसेल खोप लगाइने गरी १३ हजार डोज खोप सोमबार विहान स्वास्थ्य कार्यालय सुनसरीलाई हस्तान्तरण गरेका छन् ।
संघीय सरकारको समन्वयमा प्रदेश १ सामाजिक विकास मन्त्रालयले जेठ २५ गते सुरु गरिने खोप कार्यक्रमका लागि सुनसरीका १२ वटै पालिकामा पुग्ने गरी पहिलो चरणमा १३ हजार डोज हस्तान्तरण गरिएको मन्त्री कुसियैतले जानकारी दिए ।
मन्त्री कुसियैतले आफूले सुनसरीका लागि बाचा गरे अनुसारको खोप क्रमशः उपलब्ध गराउने क्रममा ६२ देखि ६५ वर्ष उमेर समूहका व्यक्तिहरूलाई कोरोना भाइरस विरुद्धको खोप लगाउने गरी खोप उपलब्ध गराएका छन् ।
प्रदेश स्वास्थ्य आपूर्ती व्यवस्थापन केन्द्र विराटनगरले प्रदेश १ का सबै जिल्लामा खोप पुरयाउने क्रममा सोमबार सुनसरी स्वास्थ्य कार्यालयलाई मन्त्री कुसियैतले हस्तान्तरण गरेका हुन ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले प्रदेश १ मा दुवै डोजका लागि एक लाख ४० हजार ५०५ डोज खोप पठाएकोमा सुनसरीमा २६ हजार १३२ डोज खोप पठाउने क्रममा १३ हजार हस्तान्तरण गरेको जनाइएको छ ।
कोरोना भाइरस विरुद्धको भेरोसेल खोप सरकारले निर्धारण गरेका मापदण्ड अनुसार व्यक्तिहरूलाई मात्र लगाउन मन्त्री कुसियैतले आग्रह गरे ।
विश्व स्वास्थ्य सङ्गठनले भेरोसेल १८ वर्षमाथि जुनसुकै उमेर समूहले लगाउन मिल्ने भनेपछि पहिलो चरणमा प्राप्त खोप प्रदेशका ६० देखि ६४ वर्ष उमेर समूहका व्यक्तिहरूलाई मात्र लगाउन सरकारले मापदण्ड बनाएकाले सोही अनुसार गर्न निर्देशन गरिएको मन्त्री कुसियैतले बताए ।