काठमाडौँ – अघिल्लो साता चीनको स्वशासित क्षेत्र तिब्बतबाट प्राप्त चिनियाँ भेरोसेल खोप आजदेखि देशभर लगाउन शुरु गरिने भएको छ ।


ADVERTISEMENT


स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार ६० देखि ६४ वर्षसम्मको उमेर समूहका व्यक्तिलाई उक्त खोप लगाउन लागिएको हो ।


ADVERTISEMENT

# # #


काठमाडौँ उपत्यकामा ६० देखि ६४ र उपत्यकाबाहिर ६२ देखि ६४ उमेर समूहमा खोप लगाउन लागिएको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले देशभर करिब ८ लाख ६० हजार जना उक्त उमेर समूहका व्यक्ति रहेको अनुमान गरेको छ ।