काठमाडौँ – डेनमार्कले एस्ट्राजेनेका खोप उपलब्ध गराउने कुरामा सत्यता नभएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।


ADVERTISEMENT


मन्त्रालयअन्तरगत कोभिड १९ खोप विज्ञ सल्लाहकार समितिका संयोजक डा. श्यामराज उप्रेतिले डेनमार्कले खोप दिन लागेको भन्ने कुरा सत्य नभएको प्रष्ट्याए ।


ADVERTISEMENT

# # #


सरकारले कोभिडशिल्ड खोपको विकल्पका रुपमा एस्ट्राजेनेका खोप लगाउने निर्णय गरेको छ । भारतीय कोभिडशिल्ड निर्माता कम्पनी सिरम इन्स्टिच्युटले खोप नदिने भनेपछि मन्त्रालयले यसको विकल्पको रुपमा दोस्रो मात्रामा उस्तै प्रकृतिको एस्ट्राजेनेका खोप दिने निर्णय गरेको छ ।

अक्सफोर्ड एस्ट्राजेनेकाले नै बेलायतमा उत्पादन गरेको यो खोप कोभिडशिल्ड जस्तै प्रकृतिको खोप हो । विकल्पमा उक्त खोप लगाउने निर्णय भएपनि हालसम्म खोप आउने भने पक्का भइनसकेको डा. उप्रेतिले बताए ।

डेनमार्कले एस्ट्राजेनेका खोप किनेको र त्यसलाई उपलब्ध गराउन तयार भएको समाचारहरु आइरहेपनि कोभिड १९ खोप विज्ञ सल्लाहकार समितिका संयोजक डा. उप्रेति डेनमार्क आफैले खोप खरिद गरेर ल्याएकाले उक्त खोप आउने भन्नेमा सत्यता नभएको जानकारी दिए ।

विभिन्न देशहरुबाट खोप ल्याउनका लागि पहल भइरहेकोमा हालसम्म डेनमार्कबाट खोप आउने भन्ने पक्का भइनसकेको जानकारी उनले दिए ।