काठमाडौँ– वन तथा वातावरणमन्त्री प्रेमबहादुर आलेले समाचार लेखेकै कारण आफुले पत्रकारलाई धम्की दिएको समाचार अफवाहपुर्ण रहेको बताएका छन् ।


ADVERTISEMENT


मन्त्री आलेले एक विज्ञप्ति जारी गर्दै आफूले पत्रकारलाई धम्की दिएको भन्दै विभिन्न सञ्चारमाध्यममार्फत बाहिरिएको समाचारप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएका हुन् ।


ADVERTISEMENT

# # #


यसअघि नेपाल पत्रकार महासङ्घ, कान्तिपुर प्रतिष्ठान शाखाले पत्रकार अब्दुल्लाह मियाँलाई समाचार लेखेकै आधारमा धम्की आएको भन्दै भत्र्सना गरेको खबर बाहिरिएको थियो । सोहि समाचारप्रति उनले प्रतिवाद जनाएका हुन् ।

जारी विज्ञप्तिमा उनले राष्ट्रको चौथो अङ्गका रूपमा रहेको पत्रकार तथा पत्रिकारिता क्षेत्रको उच्च सम्मान गर्दै आफूले पत्रकारका समस्याका विषयमा जहिले पनि समाधान गर्न लागि परेको र अबका दिनमा पनि सहयोग गरी रही रहने उल्लेख गरेका छन् ।

यस्तै, उनले सोहिमार्फत आफ्नो बिना कारण बिना कारण चरित्र हत्या गर्ने खालका समाचार सम्प्रेषण नगरी दिनसमेत आग्रह गरेका छन् ।

पछिल्लो समयमा मन्त्री आले कहिले आफ्नो अभिव्यक्ति त कहिले विभिन्न क्रियाकलापका कारण विवादमा तानिएका थिए ।