ओखलढुङ्गा– सरकारले स्वर्ण सगरमाथा वृहत चक्रपथ निर्माणका लागि ४२ करोड बजेट विनियोजन गरेको छ ।


ADVERTISEMENT


माथिल्लो सगरमाथा क्षेत्रका तीन जिल्ला ओखलढुङ्गा, सोलुखुम्बु र खोटाङलाई व्यवस्थित एउटै सडक सञ्जालमा जोड्ने उक्त आयोजना निर्माणका लागि आगामी वर्ष काम गर्नेगरी सरकारले ४२ करोड बजेट विनियोजन गरेको हो ।


ADVERTISEMENT

# # #


स्वर्ण सगरमाथा वृहत चक्रपथ निर्माणका लागि बजेट विनियोजन भएको प्रदेश–१ का भौतिक पूर्वाधार विकास मन्त्री अम्बिरबाबु गुरुङले जानकारी दिएका छन् । नयाँ आर्थिक वर्ष शुरु भए लगत्तै आयोजना निर्माणको काम अघि बढ्ने र यसले माथिल्लो सगरमाथा क्षेत्रका तीन जिल्लाको समृद्धिमा टेवा पुग्ने उनको भनाइ छ ।

‘४२ करोड बजेटले काम अघि बढ्दै गर्छ थप बजेट हामी व्यवस्थापन गर्छाैँ’, उनले भने । ओखलढुङ्गा सदरमुकामबाट शुरु हुने स्वर्ण सगरमाथा वृहत चक्रपथ सोलुखुम्बु सदरमुकाम सल्लेरी हुँदै खोटाङ सदरमुकाम दिक्तेलबाट फेरी ओखलढुङ्गा जोडिने छ । रासस