काठमाडौँ – मुलुकभरि पछिल्लो २४ घण्टामा पाँच हजार एक सय ५३ जना कोभिड–१९ का सङ्क्रमित थपिएका छन् ।


ADVERTISEMENT


स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जारी गरेको तथ्याङ्कमा १७ हजार ६७६ नमूना परीक्षणमा पाँच हजार १५३ जनामा सङ्क्रमण पुष्टि भएको हो । तीमध्ये १२ हजार ६५ पिसिआर परीक्षण गर्दा तीन हजार ८७० र पाँच हजार ६११ एन्टिजेन परीक्षण गर्दा एक हजार २८३ जनामा सङ्क्रमण देखिएको छ । योसँगै नेपालमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या पाँच लाख ९५ हजार ३६४ पुगेको छ । नेपालमा पिसिआर परीक्षण गरेकामध्ये सङ्क्रमण दर १८.८ प्रतिशत रहेको छ ।


ADVERTISEMENT

# # #


यस्तै आज छ हजार ५७० जना सङ्क्रमित निको भएर घर फर्किएका छन् । नेपालमा निको हुने दर ८४.७ प्रतिशत रहेको छ । अहिलेसम्म निको भएर घर फर्किनेको सङ्ख्या पाँच लाख चार हजार ५३० पुगेको छ ।

१०८ जनाको निधन

मन्त्रालयका अनुसार विगत २४ घण्टामा कोरोना भाइरस सङ्क्रमणबाट १०८ जनाको निधन भएको छ । योसँगै कोरोना भाइरस सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या आठ हजार ९८ पुगेको छ । नेपालमा प्रति दश लाखमा २७७.९ जनाको सङ्क्रमणका कारणले निधन हुने गरेको मन्त्रालयले जनाएको छ ।

१३२१ आइसियु र ३७२ भेन्टिलेटरमा
यसैगरी कोरोना भाइरस सङ्क्रमितमध्ये एक हजार ३२१ जना सघन उपचार कक्ष (आइसियु) र ३७२ जना भेन्टिलेटरमा छन् । आइसियुमा प्रदेश नं. १ मा २०२, प्रदेश नं. २ मा ७२, वागमतीमा ७३८, गण्डकीमा ११४, लुम्बिनीमा १३७, कर्णालीमा ३४ र सुदूरपश्चिम प्रदेशमा २४ जना रहेका छन् ।

त्यस्तै भेन्टिलेटरमा प्रदेश नं. १ मा ३४, प्रदेश नं. २ मा २१, वागमतीमा २५४, गण्डकीमा २८, लुम्बिनीमा १९, कर्णालीमा ९ र सुदूरपश्चिम प्रदेशमा सात जना रहेका छन् । होम आइसोलेसनमा ७६ हजार ५५० र संस्थागत आइसोलेसनमा ६ हजार १८६ जना रहेका छन् ।