काठमाडौँ – गृह मन्त्रालयले निषेधाज्ञा खुकुलो बनाउने तयारी थालेको छ । गृहसचिव महेश्वर न्यौपाने र काठमाडौँ उपत्यकाका ३ प्रमुख जिल्ला अधिकारीबीचको छलफलमा मुलुकभरको निषेधाज्ञाको समीक्षा गरिएको छ ।


ADVERTISEMENT


बैठकले हालसम्मको निषेधाज्ञाले कोरोनाको चेन ब्रेक गर्न सहयोग पुर्याएपनि अबका दिनमा जनजीवन सामान्य गर्ने गरी निषेधाज्ञा खुकुलो पार्ने तयारी थालिएको हो ।


ADVERTISEMENT

# # #


एकैपटक खुकुलो नबनाएर क्रमश मोडालिटी बनाएर बन्द खोल्दै जानुपर्ने अधिकारीको भनाइ छ ।

मन्त्रालका प्रवक्ता जनकराज दाहालले क्रमश जनजीवन सामान्य गर्ने गरी बन्द खोल्दै जाने तयारी गरिएको जानकारी दिए । स्वास्थ्य मन्त्रालय, सीसीएमसी तथा सरोकारवाला निकायसँग छलफल गरी निषेधाज्ञाबो थप निर्णय गरिने उनको भनाइ छि ।

मन्त्रालयले काठमाडौँ उपत्यकामा असार १ गतेदेखि निजी सवारी जोर विजोरमा चलाएर क्रमश बन्दाबन्दी खुकुलो पार्ने तयारी गरेको छ । सार्वजनिक यातायात र भिडभाडका क्षेत्र भने तत्काल खोल्न नहुने मत मन्त्रालयको छ ।