काठमाडौँ – प्रतिनिधिसभा विघटनको मुद्दामा सर्वोच्च अदालतले विपक्षीका नाममा कारण देखाऊ आदेश जारी गरेको छ ।


ADVERTISEMENT


प्रतिनिधिसभा विघटन बदर गर्न अन्तरिम आदेश माग गर्दै दिएको रिटमा प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, न्यायाधीशहरु दीपककुमार कार्की, ईश्वरप्रसाद खतिवडा र डा. आनन्दमोहन भट्टराईको इजलासले विघटन गर्नुको लिखित कारण मागे पनि अन्तरिम आदेश दिन भने अस्वीकार गरेको छ ।


ADVERTISEMENT

# # #


इजलासले उक्त विवादमा आगामी असार ९ गतेदेखि निरन्तर सुनुवाइ गर्ने तय गरेको छ । आज रिट निवेदकका तर्फबाट वरिष्ठ अधिवक्ताद्वय शम्भु थापा र महादेव यादवले बहस गरेका थिए । आदेशको पूर्णपाठ भने आउन बाँकी छ ।